Header Ads

  • Hot News

    नेवारी परम्पराको तेलमा मालिस युरोप फैलिँदै

    ४ भदौ, काठमाडौैं । तीन दशक पुग्न लाग्ने नेपाली चेली नाज्मा साइब्लर श्रेष्ठले युरोपेली आमाहरुलाई नेपालका नेवार समुदायमा प्रचलित नवजात शिशुलाई तेल मालिस गर्ने परम्परागत तरिकाबारे जानकारी दिन थालेको छ ।
    Newari Culture


    सन् १९८३ मा स्वीट्जरल्यान्ड, जुरिकमा पहिलो छोरी जन्मेलगत्तै परम्परागत तेल मालिसका निम्ति नेपालबाट आफ्नी आमा हरिदेवी श्रेष्ठलाई बोलाएर सुरु भएको यो तरिका यतिखेर युरोपका अधिकांश देशमा विस्तार भएको नाज्माको भनाइ रहेको नागरिकमा खबर छ ।

    हरिदेवीले पहिलो नातिनी जमुना मायालाई अस्पतालमै तेल मालिस गर्न खोज्दा नर्सहरुले अचम्म मानेको उनको भनाइ छ । ‘शिशुलाई केही बिराम भएको छैन । किन मालिस गर्न लागेको भन्दै ती नर्सले सोधेकी थिइन् । यसपछि मात्रै स्वीसहरुले शिशुहरु बिरामी हुँदा या अफ्ठ्यारो मानेका बखत मात्रै मालिस गर्दा रहेछन् भन्ने लाग्यो र मैले नेवारी तरिकाको मालिस स्वीसहरुलाई चिनाइ छाड्छु भन्ने प्रण गरेँ,’ नाम्जाले भनिन् ।

    स्वीस नागरिक डा जियोभानी साइब्लरसँग दाम्पत्य जीवन विताइराखेकी नाज्माले युरोपका विभिन्न मुलुकमा यस विधिबारे तालिम पनि दिइसकेकी छन् ।

    No comments